बागमती प्रदेशका तीन तामाङ मन्त्री सम्मानित

साउन, काठमाडौ – बागमती प्रदेश सरकारमा तामाङ समुदायबाट मन्त्री भएका ३ जना मन्त्रीलाई नेपाल तामाङ कलाकार संघले सम्मान गरेको छ । काठमाडौमा शनिवार आयोजित एक कार्यक्रममा तीन मन्त्रीहरुलाई सम्मान गरिएको हो ।
तामाङ समुदायको पहिलो गायक, लोक सम्राट चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा तामाङ समुदायबाट बागमती प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री माननीय बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तिर्थ लामा, समाजिक बिकास मन्त्री कुमारी मोक्तानलाई सम्मान गरिएको छ। सोहि कार्यक्रममा बिश्वको सर्बोच्च शिखर सगरमाथा आरोही पेमा टासी तामाङलाई सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा मन्तव्य दिने बक्ताहरुले हाल तामाङ समुदायको आत्मा सम्मानमा ठेस पुग्ने गरि अभिव्यक्ति दिने भगवती पाण्डे विरुद्धमा खनिएको थियो । तामाङ समुदायको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छ, तामाङ समुदायको संस्कार माथि हमला गर्नेलाई तुरुन्तै कार्वाही गर्न सरकार समक्ष माग गरेका छन् ।
कार्यक्रम नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोले, अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, तामाङ कलाकार संघको सल्लाहकार वरिष्ठ गायक प्रदिप बोम्जन, गायक रोज मोक्तान, गायक प्रेम लोप्चन, तामाङ चलचित्र संघकी उपाध्यक्ष भुईसाल लामा, तामाङ चलचित्र संघका अध्यक्ष आस्मान वाइवा, म्हेन्दो माया कलाकार संघको अध्यक्ष राम गोम्जा, वाइवा समाजका अध्यक्ष विरेन्द्र तामाङ वाइवा लगायतको आतिथ्यता रहेका थियो ।
संघको अध्यक्ष विश्व दोङको सभापतित्वमा सम्पन्न कार्यक्रम संघको महासचिव रोशन फ्युपाले सञ्चालन गरिएको थियो।