अधिबक्ता पाण्डे बिरुद्ध तामाङ र मगर उर्लियो माइतीघर मण्डलामा

तामसालिङ खबर
२२ श्रावण २०८०, सोमबार १९:२५

साउन, काठमाडौं – अधिवक्ता भगवती पाण्डेमाथि कारबाही र आन्दोलनकारीहरु माथि अमानवीय ढंगले दमन गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै तामाङ र मगर समुदायका हजारौ‌ जना सडकमा उर्लेका छन् ।

आदिवासी जनजाति तामाङ र मगरको संस्कारमाथि धावा बोल्ने अधिवक्ता पाण्डे र सोही विरुद्ध साउन १७ गते गरेको आन्दोलनमा प्रहरीको हस्तक्षेपविरुद्ध माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।

नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको आव्हानमा साे आन्दोल गरिएको थियो । सो र्‍यालीमा मगर समुदायका अगुवाहरू र तामाङ समुदायका विभिन्न संघसंस्थाहरुबाट न्यायको माग गर्दै आन्दोलनमा सहभागी भएका थिए ।

आन्दोलनकारीहरूले प्लेकार्डमा ‘सांस्कृतिक अधिकारको सम्मान गर‚ यातनाकारी एसएसपी दानबहादुर कार्कीसहित यातनाकारी प्रहरीलाई कारबाही गर‚ विभेदकारी कानुन खारेज गर‚ जातीय हिंसा बन्द गर’ लगायतका प्लेकार्ड बोकेर र्‍याली माइतीघरबाट नयाँ बानेश्वरमा पुगेर कोणसभा गरेका थिए । साउन १७ मा पक्राउ परेका घाइतेहरूको निःशुल्क उपचारको लागि सरकारसँग माग गरेका छन् ।

दोषीलाई कारबाही गर्नुका साटो शान्तिपूर्ण रूपमा प्रहरी कार्यालय घेराउ गर्न पुगेका अभियन्ताहरू माथि नै प्रहरीबाट अन्धाधुन्ध अश्रु ग्यास प्रहार र लाठी चार्ज गरी निर्मम कुटपिट गर्दै दोषीलाई उन्मुक्ति दिने प्रयास गर्नु अत्यन्तै दुःखद र निन्दनीय रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*