मकवानपुरमा २९ औं तामाङ प्रसारण दिवस मनाइने

तामसालिङ खबर
२५ श्रावण २०८०, बिहीबार ०६:५३

साउन, हेटौंडा – तामाङ पत्रकार संघ मकवानपुरले तामाङ प्रसारण दिवस मनाउने भएको छ । तामाङ पत्रकार संघ केन्द्रीय समितिको सर्कुलर अनुसार मकवानपुरमा २९ औं तामाङ प्रसारण दिवस मनाउने निर्णय गरिएको हो।

मंगलबार संघका अध्यक्ष जयराम मोक्तानको अध्यक्षतामा बसेको बैठकले यहिँ भदौ १ गते अन्तरक्रिया सहित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरि दिवस मनाउने निर्णय गरेको छ।

त्यस्तै, केन्द्रिय समितिको निर्देशानुसार तामाङ मिडिया अवार्ड २०८० को छनाैटका लागि मकवानपुरबाट एक जना पुरुष र एक जना सक्रिय महिला पत्रकारको नाम सिफारिस गरेको छ। जसमा ताम्सालिङ खबर डटकमका सम्पादक दिलबहादुर लामा र समृद्ध समाज राष्ट्रिय दैनिकी संवाददाता जमुना थिङ रहेकी छन् ।

त्यसैगरी, संघले मकवानपुरको विभिन्न मिडियामा आबद्ध तामाङ पत्रकारहरुको नाम संकलन गरी केन्द्रमा पठाउने निर्णयसमेत गरेको अध्यक्ष मोक्तानले बताउनु भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*