बागमती प्रदेशका प्रादेशिक अस्पतालका शैया निःशुल्क हुने

तामसालिङ खबर
३० श्रावण २०८०, मंगलवार १५:५९

साउन, हेटौंडा – बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतका १३ वटा जिल्लाका प्रादेशिक अस्पतालका सबै शैया निःशुल्क हुने भएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलको निर्देशनमा प्रदेश सरकार मातहतका अस्पतालमा क्याबिन र आईसीयूबाहेक बिरामीहरुको लागि सबै बेड निःशुल्क गर्न लागिएको हो ।

प्रदेश अन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८ सय ११ शैया निःशुल्क उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका आयुर्वेद चिकित्सक डा. रविन भुषालद्वारा जारी सूचना अनुसार सबै अस्पताललाई निर्देशन जारी गर्दै भदौ १ गतेदेखि लागू हुने गरी कार्यान्वयन गर्न भनिएको छ ।

जिल्ला अस्पतालहरुबाट न्यूनतम २५ रुपियाँदेखि पाँच सय रुपैयाँसम्म प्रति शैयाका बिरामीहरुले रकम तिर्दै आएकोमा भदौबाट निःशुल्क हुने स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक एवंम प्रवक्ता दिपकप्रसाद तिवारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*