१ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै

तामसालिङ खबर
३० श्रावण २०८०, मंगलवार १६:५६

साउन, काठमाडौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ । सोमवार र मंगलवार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सिआईबी,राजश्व अनुसन्धान र राष्ट्र बैंकका प्रतिनिधिसहित सुन गालेर जोख्दा १ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै भएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक सुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको बताए । उनले टक्सार महाशाखामा ल्याउँदा बरामद भएको सुनको तौल १५५ किलो ४६८ ग्राम भएकोमा ब्रेक सु र कार्टुनहरु कच्चा पदार्थहरु छुट्याउँदा ६० किलो ७७९ ग्राम भएकोमा सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको बताए ।

गालेको सुन ३४ वटा बिस्कुट साँचोमा बनेको भन्दै त्यसमा ७३ ग्राम जति गएको बताउँदै उनले सुनको गुणस्तर मापन गर्ने तयारी रहेको भन्दै सकेसम्म तीन दिन नभए सात दिन भित्रमा सुनको गुणस्तर सार्वजनिक गर्ने बताए ।

राजश्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । सीआईबी, राजश्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*