६ बर्षपछि चलचित्र ‘ङिङजे’ प्रदर्शनको तयारीमा

तामसालिङ खबर
४ भाद्र २०८०, सोमबार ०९:१०

भदौ, काठमाडौ – निर्माण सम्पन्न भएको ६ बर्षपछि तामाङ कथानक चलचित्र ‘ङिङजे’ अब प्रदर्शनको तयारीमा भएको छ। यही आउदो असोज १ गतेका दिन काठमाडौ स्थित राष्ट्रिय नाचघरमा बिशेष प्रदर्शन हुने भएको हो।

तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘ङिङजे’ मा कथा, पटकथा र संवाद ऋतुराज पाखिनको रहेको छ। निर्माता दीपेन्द्र लोप्चन (मुरली), रन्जिता स्याङ्तान रहेका छन् भने सह-निर्माता प्रवीण कुमार तामाङ रहेको छ। चलचित्रको निर्देशन अमिर दोङले गरेका हुन भने सह-निर्देशनको भूमिका कुईसाङ रुम्बाले गरेका हुन् ।

नेपाली समाजमा घटिरहेका यथार्थ विषयवस्तु समेटिएर निर्माण गरिएको चलचित्रमा तामाङ भाषा, संस्कार,संस्कृति, रितिरिवाज र रिमठिमलाई मुख्य केन्द्रविन्दु बनाएर तयार पारिएको चलचित्रको निर्देशक तथा नायक अमिर दोङले बताउनु भयो।

चलचित्रमा नायक अमिर दोङ, सुस्मा थिङ, सजिना लोप्चन, कुईसाङ रुम्बा, पदम दोङ, दीपेन्द्र लोप्चन लगायतका कलाकारहरुको मुख्य अभियान रहेका छन् । चलचित्र द्वन्द्व राजु तामाङ, नृत्य कृष्ण ब्लोन, छायाङ्कन विक्रम मोक्तान र त्रिलोक लामा, सम्पादनमा विक्रम मोक्तानको रहेको छ ।

टेलर हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*