ताम्सालिङ संयुक्त संघर्ष समितिको घोषणासभाको तयारी पुरा

तामसालिङ खबर
९ भाद्र २०८०, शनिबार १७:३३

भदौ, काठमाडौं – बागमती प्रदेश नाम खारेज गरी ताम्सालिङ प्रदेश निर्माणको लक्ष्यसहित ‘ताम्सालिङ संयुक्त संघर्ष समिति’को घोषणा सभाको तयारी पुरा भएको छ । यही भदौ १० गते आइतबार काठमाडौमा बृहत् घोषणासभा हुने भएको हाे ।

ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालका सदस्य सचिव मोहन गोले तामाङले ताम्सालिङ निर्माणको लागि उक्त घोषणासभा गर्न लागेकाे बताउनुभयो। संघर्ष समिति घोषणा पछि मिसन २०८४ लाई चुम्न र आफ्नो इतिहास आफैले कोर्ने हिम्मत र साहसका साथ काममा खटिने सदस्य समितिको सचिब तामाङले जानकारी दिनुभयो।

यसअघि साउन ३१ गते बसेको बैठकले ताम्सालिङ संयुक्त संघर्ष समिति अवधारणापत्र र आचारसंहिता पारित गरेको थियो । ‘राज्य सत्ताद्वारा प्रवर्द्धन गरिएका सबैखाले जातीय विभेदको विरुद्ध लड्न समयले एउटा क्रान्ति मागिरहेको वर्तमान परिस्थितिमा घोषणासभाले एउटा नयाँ सन्देश दिने बताए ।

उनले विभिन्न विचार, सिद्धान्त बोकेर हिँडेका तामाङ नेतृत्व र अभियन्ताहरू आजदेखी ताम्सालिङ निर्माणको साझा मुद्दामा एक ठाउँमा उभिन समेत आव्हान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*