तामाङ रिमठीम पर्यटन सन्जालको नेतृत्वमा सरिता लामा

भदौ, काठमाडौं – तामाङ समुदायका पर्यटन व्यवसायी र पर्यटन पेशाकर्मीहरुको संस्था ‘तामाङ रिमठीम पर्यटन संजाल’को दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।
साधारण सभाले अध्यक्षमा सरिता लामा, वरिष्ठ उपाध्यक्ष दोर्जे तामाङ, उपाध्यक्ष ऋतु ग्यामदान, महासचिव नरध्वज तामाङ (क्षितिज), सचिव बिजय तामाङ, कोषाध्यक्ष कुमार लामा, सह-कोषाध्यक्ष बिश्वराज तामाङ लगायत १७ सदस्यीय कार्यसमिति चयन गरेको छ।
साधारण सभाको अवसारमा किर्तिमानी आरोही स्व शम्भु तामाङको नाममा स्थापित ‘शम्भु तामाङ एडभेन्चर अवार्ड’, उत्कृष्ट शाहसिक पर्यटनको प्रतिभा एक जनालाई पुरस्कृत गर्ने घोषणा गर्दै उक्त अवार्ड १३ पटक सगरमाथाको सफल आरोहण गर्ने आरोही सन्दुक दोर्जी तामाङलाई प्रदान गरेको थियो ।
त्यस्तै, तामाङ समुदायका सामाजिक क्षेत्रमा योगदान दिने र व्यवसायिक बिशिष्ट बोकेको व्यवसायीहरु सम्मानित भएको थियो। नेपालको छुमभ्याली मानास्लु क्षेत्रबारे स्पेनको क्याटालान भाषामा पुस्तकका लेखक Enric Alcayde Carbonell लाई पनि सम्मान गरेको थियो।