तामाङ कलाकार संघको अध्यक्षमा काल्तान, २१ सदस्यीय कार्यसमिति चयन
भदौ, काठमाडौ – नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विशाल काल्तान सर्बसम्मत चयन भएका छन् । शनिबार संघको १६ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट अध्यक्षमा काल्तान सहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा‚ उपाध्यक्षमा सुवास मोक्तान‚ महासचिवमा खेम मोक्तान‚ सचिवमा निर्मला घिसिङ र कोषाध्यक्षमा योगेश लामा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै सदस्यहरू बुद्ध लामा‚ रेश्मा बमजन‚ जितु लोप्चन‚ आसमान लोप्चन‚ जीवन बमजन‚ लक्ष्मी स्याङ्तान‚ अन्जु थोकर‚ मीन योन्जन‚ बसन्ती लामा‚ अनिता गोले‚ सुमिना लो‚ मिलन थिङ ‘पराङ’‚ प्रदीप लामा र स्मारिका थिङ तामाङ चयन भएका छन् ।