थाहा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा पुरुषोत्तम ढकाल निर्वाचित
भदौ, हेटौडा (थाहा नगर) – उत्तरी मकवानपुरको थाहा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा पुरुषोत्तम ढकाल निर्वाचित भएका छन् । शनिबार भएको आठौं वार्षिक साधारणसभा तथा प्रथम नगर अधिवेशनबाट ढकालको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा शम्भु सिं कार्की, वाणिज्य तर्फको उपाध्यक्षमा सुरेन्द्रमान प्रधान, उद्योग तर्फको उपाध्यक्षमा सानुकाजी गोपाली, वस्तुगत तर्फको उपाध्यक्षमा राजेन्द्र बिडारी, महासचिवमा जर्मलाल श्रेष्ठ, कोषाध्यक्षमा प्रदीप प्रधान, सचिवमा श्रीराम कार्की र सह-कोषाध्यक्षमा निरोज प्रधान सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी उद्योग तर्फको सदस्यहरुमा राजन प्रसाद ढकाल, आरती श्रेष्ठ, सुमन विष्ट र हरेराम कार्की, वाणिज्य तर्फको सदस्यहरुमा अञ्जल प्रधान, धर्मलाल प्रधान, ईश्वर कार्की, बलराम थापा, बिक्रम केसी, यादव जंग रायमाझी, जयराम खत्री केसी र यशोदा अधिकारी (महिला) तथा मोबाइल एसोसिएसन अफ नेपाल उत्तरी क्षेत्र समिति पालुङबाट सुबिन्द्रमान प्रधान बस्तुगत तर्फको सदस्य चयन भएका छन्।
संघका अध्यक्ष कविराज खत्रीको सभाध्यक्षतामा तथा थाहा नगरपालिकाका मेयर विष्णु विष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।






