गेशे थुब्तेन शेराबको ‘नेपालका बौद्ध तीर्थस्थलहरू’ पुस्तक विमोचन

तामसालिङ खबर
२६ भाद्र २०८०, मंगलवार ०८:२७

भदौं, काठमाडौ – बौद्ध जागरण केन्द्रको आयोजनामा लेखक तथा सम्पादक गेशे थुब्तेन शेराबद्धारा लिखित ‘नेपालका बौद्ध तीर्थस्थलहरू’ नामक पुस्तक विमोचन गरेको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै पुस्तक विमोचन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री सुदन किराँतीज्यूले पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकको पहिलो खण्डमा नेपालमा बुद्धसंग सम्बन्धित तीर्थस्थलहरू लुम्बिनी उद्यान, तिलौराकोट, क्रकुच्छन्द बुद्धको नगरी, अरौराकोट, जोडी स्तूपा, कुदानको न्यग्रोध विहार र रामग्राम स्तूपको बारेमा चर्चा गरेको छ । त्यसैगरी काठमाडौँ, पाटन, र भक्तपुरमा रहेका बोधिसत्त्व सम्बन्धित तीर्थस्थलहरू, बज्रयान सम्बन्धित तीर्थस्थलहरूको बारेमा विस्तृत रूपमा उल्लेख गरेका छ ।

मन्त्री किराँतीले नेपालमा थुप्रै पुरातात्त्विक बौद्ध तीर्थस्थलहरू रहेको उल्लेख गर्दै यस्ता धार्मिक तीर्थस्थलहरूको खोजी हुनु प्रशंसनीय कार्य भएको उल्लेख गरे । त्यसैगरी मन्त्री किराँतीले नेपालका बौद्ध तीर्थस्थलहरू ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटनको हिसाबले अत्यन्तै रहेको बताए ।

परमपुजनीय टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको सभाध्यक्षमा भएको विमोचन कार्यक्रममा पुस्तकको समीक्षात्मक टिप्पणी लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रोफेसर सुमन्तराज न्यौपाने र इन्टनेशनल बुद्धिष्ट एकाडेमीका श्रद्धेय धर्मगुरु खेन्पो ङवाङ ज्योरर्देनले गरे ।

त्यसैगरी कार्यक्रममा खेन रिन्पोछे घ्युर्मे छुल्ठिम, प्रा.डा. सर्वणलाल वज्रचार्य, राष्टिय सभाका सदस्य माननीय सोनाम ग्याल्जेन शेर्पाा लगायतले शुभकामना मन्तव्य दिए ।नेपालका बौद्ध तीर्थस्थलहरू (आलोक प्रदीप) भाग एक नामक पुस्तक अनुसन्धान केन्द्र लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी र नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपनले प्रकाशनमा ल्याएको हो । त्यसैगरी पुस्तकको सहसम्पादक आचार्य तेन्जिन लामाले गरेको छ ।

पुस्तकको नेपाली अनुवाद बुद्धवचन अनुवाद समितिले गरेका हाे भने नेपाली भाषा सम्पादन सुमन्तराज न्यौपाने र लक्ष्मी रुम्बाले गरेका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*