थाहा फिल्म फेस्टिबलको बारे जनप्रतिनिधि संग अन्तरक्रिया

तामसालिङ खबर
२ आश्विन २०८०, मंगलवार ०६:५३

असोज, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरमा आगामी मंसिर ९ गते देखि १५ गते सम्म हुन लागेको थाहा फिल्म फेस्टिबलको तयारी सम्बन्धमा नगरको १२ वटै वडाका जनप्रतिनिधि सहित नगर प्रमुख, उप-प्रमुखसंग गोष्ठीको आयोजना गरेको छ ।

कार्यक्रममा फेस्टिबलका संयोजक प्रमोदकृष्ण जोशी र उप-संयोजक राजिव कुमार स्याङ्तानले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो। अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले फिल्म फेस्टिबल कार्यक्रमले थाहा नगरपालिकाको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने बिश्वास व्यक्त गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली,थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तान, पत्रकार शम्भु अधिकारी लगायत १२ वडाका जनप्रतिनिधि हरुको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*