हेटौंडामा वृहत नागरिक सम्मेलन हुने

तामसालिङ खबर
१८ आश्विन २०८०, बिहीबार ०६:५३

असोज, हेटौंडा – सरकारलाई खबरदारी गर्न हेटौंडामा वृहत नागरिक सम्मेलन हुने भएको छ । गैसस महासंघ बागमती प्रदेशको साधारणसभाका अवसर पारेर हेटौंडामा प्रदेश स्तरीय वृहत नागरिक सम्मेलन गरिन लागेको हो ।

गैसस महासंघ बागमती प्रदेशको आयोजनामा हुन गइरहेको नागरिक सम्मेलनमा प्रदेशभरीका विभिन्न संघसंस्थाका करीब पाँच सय पेशाकर्मीहरुको सहभागीता रहने र सुझावहरु संकलन गर्ने कार्यक्रम रहेको अध्यक्ष आरती पाठकले बताउनु भयो ।

मंगलबार हेटौंडामा जिल्लाका विभिन्न संघसस्थामा आवद्ध नागरिक समाजका विभिन्न अगुवाहरुको छलफलमा आगामी असोज २१ गते सम्मेलन गर्ने र यसको तयारीबारे छलफल भएको थियो ।

छलफलमा गैसस केन्दीय सचिव बुद्धशरण लामाले नागरिकहरुको आवाजलाई बुलन्द बनाउन कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो । सम्मेलनमा नागरिक समाजका अगुवाहरु केदार खड्का,गौरी प्रधान लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको समेत सचिव लामाले बताउनुभयो ।

नीतिगत सवालहरुमा सरकारले नजरअन्दाज गरेको र नागरिक संस्थाहरु खुम्चने अवस्थामा पग्ने भन्दै लैंगिक अवस्थालाई पनि बलियो बनाउन पनि कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष पाठकले बताउनु भयो । उहाँका अनुसार सम्मेलनमा बालबालिका, मानवअधिकार, सुशासन, दीगो विकास लक्ष्य लगाएतका विषयहरुमा छलफल हुने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*