२० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याउँदै राष्ट्र बैंक

तामसालिङ खबर
१९ आश्विन २०८०, शुक्रबार २१:१५

असोज, काठमाडौ – नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको २० रुपैयाँ दरको नयाँ नोट प्रचलन ल्याएकाे छ । बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सूचना निकालेर साविककै आकार र रङ्गमा सङ्केत नम्बर ठ ८७०००००१ देखि त १८९९९९९९ सम्मको नयाँ नोट प्रचलन ल्याएकाे जनाएको छ ।

यस अघि चलन चल्तीमा रहेको नोटमा डा.चिरञ्जीवि नेपालको हस्ताक्षर रहेकोमा अहिले छापिएको नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ । नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लाली गुराँसको पानी छाप रहेको छ । नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं २०७९ लेखिएको छ ।

त्यस्तै, पृष्ठ मध्य भागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा बाह्रसिङ्गेको दुई वटा चित्र रहेको छ । तल्लो भागको बोर्डरमा सिरिज नम्बर अङ्ग्रेजीमा २०२३ ए.डी लेखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*