थाहा नगरमा शिक्षकको लागि एक हप्ते योग शिबिर सम्पन्न

तामसालिङ खबर
२३ आश्विन २०८०, मंगलवार ०५:०८

असोज, हेटौडा (थाहा नगर) – मकवानपुर थाहा नगरमा शिक्षकको लागि एक हप्ते योग शिक्षकको तालिम सम्पन्न भएको छ। थाहा नगरपालिकाको बज्रबाराही,चित्लाङ,टिस्टुङ क्षेत्रका शिक्षकहरुका लागि योग, ध्यान र साधान सम्बन्धि एक हप्ते योग शिक्षक तालिम सोमबार सम्पन्न भएको हो ।

गत असोज १६ गते देखि शुरु भएको तालिममा २२ गते सोमबार सम्म सात दिनसम्म सञ्चालन भएको तालिम सोमबार विहान सुनौलो बिकास केन्द्रमा समापन भएको हो । थाहा नगरपालिकाका विद्यालयमा योग, ध्यानलाई नियमित गर्ने उद्देश्यले दोस्रो चरणमा थाहाका ५, ६ ९,१०,११,१२ का सार्वजनिक विद्यालयका शिक्षकको सहभागितामा रहेको तालिमका संचालक तथा सुनौला सिकाइ केन्द्रका संयोजक रुपचन्न्द्र गोपालीले जानकारी दिए ।

पहिलो चरणको तालिममा थाहा नगरपालिका साविक दामन, पालुङ र आग्राका गरी ३१ जनाको सहभागिता रहेको थियो भने दोस्रो चरणको तालिममा ३० विद्यालयका ३५ जना शिक्षक तथा बालयोगी हरुको सहभागिता रहेको थियो। थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा विद्यालयमा नियमित रुपमा विद्यार्र्थीलाई योग, ध्यान कक्षा सञ्चालन गर्ने विषय पारित गरी बजेटसमेत विनियोजन गरेको थियो ।

शिक्षकलाई तालिम दिएर उनीहरुमार्फत विद्यार्र्थीलाई साधना कक्षामा सहभागी गराउने नगरपालिकाको योजना रहेको छ । विद्यार्थीलाई योग, ध्यान र साधनामार्फत अनुशासित र कर्तव्यनिष्ठ बनाई मानवमूल्यको जगेर्ना गर्ने थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले बताए उनले हरेक मानिसका लागि सकारात्मक उत्प्रेरणा आवश्यक रहेको भन्दै जीवन धकेल्ने नभई असल जीवन यापन गर्न असल उत्प्रेरणा रहेको बताउदै सिकेको ज्ञान् लाई विद्यार्थी माझ लैजान आग्रह गर्नुभयो।

तालिमका सहाभागीलाई योगगुरु राजन बिडारीले प्रशिक्षण दिएका थिए । योग गुरु राजन बिडारी द्धारा सञ्चालित शिविरमा योगासन ,ध्यान मुद्रा ,प्राणायाम आहार विहार चर्या र प्रयोगात्मक ज्ञान सहितको विषेश शिक्षक प्रशिक्षण दिएको थियो। तालिमको संयोजन सुनौला सिकाइ केन्द्रले गरेको थियो।सिकाइ केन्द्रले हरेक सनिवार नियमित योग,ध्यान शिविर आयोजना गर्दै आइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*