पशुपति माविको १ सय १५ जना विद्यार्थीलाई साइकल वितरण

तामसालिङ खबर
२६ आश्विन २०८०, शुक्रबार १९:०८

असोज, हेटौडा (मनहरी) – मकवानपुरको मनहरीमा बिद्यालयसम्म आवतजावतको सहज बनाउनको लागि १ सय १५ जना बिद्यार्थीहरुलाई साइकल वितरण गरेको छ।

मनहरी गाँउपालिका वडा नम्बर ४ को पशुपतिनाथ माध्यामिक बिद्यालयमा अध्ययनरत १ सय १५ जना बिद्यार्थीलाई साईकल वितरण गरिएको हो । वडाले आर्थिक वर्ष २०८०/८१ मा १० लाख बजेट बिनियोजन साईकल खरिद वितरण गरिएको थियो। बागमती प्रदेश सरकारको सामाजिक मन्त्रि कुमारी मोक्तानले साइकल वितरण गर्दै सरकारी लगानीलाई सदुपयोग गरि बिद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि गरि पालिकाको नमुना बिद्यालय निर्माणमा लाग्न जोडदिनु भयो।

४ नम्बर वडाअध्यक्ष प्रकाश थापाले टाढाबाट विद्यालय धाउने बिद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै वडाले साईकलको व्यवस्थापन गरेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले घरबाट विद्यालय आउन बढी लाग्ने विद्यार्थीलाई आवश्यकताका आधारमा साइकल प्रदान गरिएको बताए ।

विद्यालयमा कक्षा ६ देखी १० कक्षा सम्मका गरिव, जेहेन्दार चेपाङ ,तामाङ तथा दलित सामुदायका १ सय १५ जना बिद्यार्थीलाई साईकल वितरण गरेको थियो ।

पशुपतिनाथ माविका अध्यक्ष माधबप्रसाद गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाँउपालिकाका कार्यबाहक अध्यक्ष शिवप्रसाद खनाल, ४ नम्बर वडाका अध्यक्ष प्रकाश थापा, शिक्षा शाखा प्रमुख प्रदिप पराजुली, शिक्षक श्रोत ब्यक्ति बिदुर थापा, निबर्तमान वडा अध्यक्ष ध्रुव खड्का लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*