मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना

असोज, काठमाडौँ – मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ ।
रुम्झाटारबाट सोलुखुम्बुको लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे दुर्घटनामा परेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले रातोपाटीलाई जानकारी दिए ।
हेलिकप्टर लोबुचेमा अवतरण (ल्यान्ड)गर्ने क्रममा दुर्घटनामा परेको निर्देशक न्यौपानेको भनाइ छ । हेलिकप्टरमा अन्य यात्रु नभएकोमा चालक, क्याप्टेन प्रकाश सेढाईं गम्भीर घाइते हुन पुगेका छन् ।