थाहाको डाँडाबास गुम्बामा ञ्युङ्ने मौन व्रत हुने
असोज, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ डाँडाबासमा अवस्थित मेतोग छ्योईलिङ बौद्ध गुम्बामा दशैंको अवसर पारेर लामा गुरु पेमा साङ्गे लामाबाट ञ्युङ्ने मौन व्रत सञ्चालन हुने भएको छ ।
कार्तिक ४ गते लामा गुरुहरु र ब्रतालुहरु भेला भई कार्तिक ५ गते बिहानै देखि दशैको टिकाको दिनमा समापन हुने गरि मौन व्रत आयोजना गर्न लागिएको गुम्बाका अध्यक्ष रत्न बहादुर गोलेले जानकारी दिनुभयो।
प्रमुख गुरु पेमा साङ्गे लामाद्वारा संचालन हुने मौन ब्रत अवधिभर उपासक तथा उपाशिकाले पहिलो दिन स्रोकज्योङ अर्थात दिनको १२ बजे अगावै भोजन गरिसक्नु पर्ने र १२ बजे पछि मात्र पानी मात्र पिउने त्यसपछि डाङ्जे डोम्बा अर्थात खान पिउन बोल्न नपाउने त्यसपछी वाङ आशीर्वाद सहित बिदाइ कार्यक्रम हुने आयोजकले जनाएको छ ।
बिश्वमा शान्ती छाओस भन्ने मुल उद्देश्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष रत्न बहादुर गोलेले बताए। दशैमा धेरै ठाउमा प्राणी हत्या हिंसा र बली चढाउने भएकोले ती निर्दोष प्राणीको मुक्तिको लागि ञ्युङ्ने मौन व्रत बस्ने गरेको समेत अध्यक्ष गोलेले बताए।