मनहरी ५ को योजना शिबिरमा १४ वटा योजना सम्झौता
कार्तिक, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ५ को योजना शिबिर सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि गाउँपालिकाबाट विनियोजित योजनाहरुको सम्झौता शिविर भएको हो ।
शिविरमा गाउँपालिकाद्धारा विनियोजीत १४ वटा योजनाहरु सम्झौता गरीएको वडाअध्यक्ष दीपेन्द्र अधिकारीले बताउनुभयो । वडामा गठित उपभोक्ता समितिलाई सहज सेवा प्रदान गर्न यो शिविरले सजिलो बनाएको उहाँले भन्नुभयो।
सिलिङ वजेटबाट १४ वटा योजना, पुरस्कार वापत २ वटा योजना र अन्य ३ वटा गरी १९ वटा योजना विनियोजित भएको थियो । चालू आर्थिक बर्षको लागि वडाबाट कार्यान्वयन हुने योजनाहरुको सम्झौता वडाबाटै गरिएको हो ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृृत रमेश सुवेदी, योजना शाखाका लिला मंग्रान्ती, वडा सचिव विदुर पाठक, वडा सदस्यहरुको उपस्थिति रहेको थियो।