‘तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव’ को तयारी पुरा

तामसालिङ खबर
२७ मंसिर २०८०, बुधबार २१:२१

मंसिर, काठमाडौं – तेस्रो तामाङ मौलिक सेलो संगीता महोत्सवको तयारी पुरा भएको छ । नेपाल तामाङ कलाकार संघले यहि मंसिर २९ र ३० गते काठमाडौमा तामाङ मौलिक सेलो संगीत महोत्सवको तयारी पुरा भएको हो ।

तामाङ मौलिक गीत, संगीत, सभ्यता, संस्कृतिको प्रबर्द्धन गर्ने उद्धेश्यले तयार भएको तेस्रो मौलिक सेलो संगीत महोत्सवको तयारी पुरा भएको संघको अध्यक्ष बिशाल काल्तानले बताउनु भएको छ।

कार्यक्रमको मुल आकर्षणको रुपमा ताम्बाहरुद्धारा डम्फूको महत्वलाई प्रष्ट्याउने,विज्ञहरुसँग अन्र्तक्रिया र ताम्बा संस्कृतिका गीतहरुको प्रस्तुती झनै पृथक रहने उल्लेख गरिएको छ । यसका लागि दोस्रो दिन ३० गतेको कार्यक्रमहरु सांगीतमय बनाउने आयोजकको तयारी छ ।

महोत्सवमा तामाङ भाषा,संस्कृति,गीत संगीतमा महत्वपूर्ण योगदान दिने प्रतिभाहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ । तामाङ सांस्कृतिक सभ्यता सम्बन्धि सबै कुराहरु समेटेर महोत्सव गर्ने क्रममा तामाङ कला, संस्कृति, भेषभूषा, खानाका परिकारहरुको स्टलहरु पनि हुनेछन् ।

महोत्सव २९ गते बौद्धस्थित तामाङ संघसंस्थाहरु सँगको सहकार्य सहभागिता सहित तामाङ कलाकारहरुको सांस्कृतिक र्याली चुच्चेपाटी हायत मैदानमा पुगे पश्चात औपचारीक समारोहका बीच बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङको पमुख आतिथ्यतामा उद्घाटन गर्ने तय भएको संघका महासचिव खेम मोक्तानले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*