राक्सिराङ्गमा कृषि हाटबजार पुन सन्चालन: गहत, मास, गिट्ठा, लगायत मौरीको मह (तस्बिरहरु)

तामसालिङ खबर
१५ पुष २०८०, आईतवार २०:०७

पौष, हेटौडा (राक्सिराङ्ग) – स्थानीय उत्पादनको प्रबर्द्धन र बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकाको चैनपुरमा पुन:आजबाट हाट बजार सञ्चालन भएको छ । अविरल बर्षा र सडक बाटोको समस्याको कारण रोकिएको कृषि हाट बजार मेला आज आइतबारबाट पुन: संचालनमा आएको हो ।

स्थानीय परम्परागत उत्पादनहरु गहत, मास, फापर, कोदोको पिठो, आलु, पिँडालु, बेतबाँसका डोको, मुढा, आरनमा बनाइएका फलामे औजारहरु, स्थानीय परिकार गिट्ठा, भ्याकुर, पिँडालु, तरुल, सिस्नु, लगायत खसी, बोका, लोकल कुखुरा, ताजा तरकारी, स्थानीय स्तरमा उत्पादित मौरीको मह लगायतका दर्जनौ स्टलहरु हाटबजारमा रहेका थिए ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले स्थानीय उत्पादित सामग्रीहरुको प्रबर्द्धनको निम्ति यस पटक पनि निरन्तरता दिएको, बजारमा विषादीयुक्त सामग्रीहरुले स्वास्थ्यमा समस्या पारिरहेको अबस्थामा यस्ता हाट मेलाले गाउँका आर्गानिक स्थानीय उत्पादनहरुको बजारीकरण हुने आशा ब्यक्त गर्नुभयो।

त्यस्तै, राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले कृषि हाटबजार मेला गत बर्ष नै उद्घाटन गरेता पनि अविरल वर्षा, सडक बाटोको समस्याको कारण रोकिएको बताउनुभयो । अबको समयमा चाडै नै सडक बाटो पक्का भैसकेपछि कृषि हाटबजार मेला बाह्रै महिना निरन्तर संचालन भई कृषकको सामग्री बजारीकरणमा सहज हुने बिश्वास ब्यक्त गर्नुभयो।

कृषि हाट बजार मेलामा पहिलो चेपाङ्ग गायक रबिन कुमार चेपाङ्ग, पुर्वान्चल गन्धर्व संस्कृति उत्थान समाजका कालकारहरुको प्रस्तुति, स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति, नृत्य प्रदर्शन, खैचडी भचन समूहको प्रस्तुति रहेको थियो । हाट बजार व्यवस्थापन समितिका संयोजक कोपिला गोलेका अनुसार अब हरेक महिनाको १ र १५ गते चैनपुरमा हाट बजार मेला सञ्चालन हुने बताउनुभयो।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कृषि हाट बजार मेलामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम कुमार प्रजा, २ का बुद्धराम मुक्तान, ३ का उत्तम वाइबा, ५ का हरि बहादुर प्रजा, नेपाल चेपाङ संघ बागमती प्रदेशका अध्यक्ष खुसीलाल प्रजा, नेपाली काङ्ग्रेस गाउँपालिका सभापति बिरेन्द्र जिम्बा, नेकपा समाजबादी राक्सिराङ्ग अध्यक्ष सागर प्रजा लगायतको आतिथ्यता रहेको थियो ।

 

(तस्बिरहरु: बिशालराज राई, दिलबहादुर लामा)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*