टासी हिसे गुम्बामा बज्रकिलाया आर्य अपारमिताको पुजा हुने

तामसालिङ खबर
३ माघ २०८०, बुधबार १७:००

माघ, हेटौंडा – हेटौडाको टासी हिसे गुम्बाको आयोजनामा तिन दिवसीय दोर्जे फुर्पा बज्रकिलाया पुजा आर्य अपारमिताको पुजा हुने भएको छ । टासी हिसे गुम्बाको आयोजनामा ३ दिवसीय बज्रकिलाया,आर्य अपारमिताको पुजा हुने आयोजक समितिले जनाएको हो।

वाङ अभिषेक कार्यक्रम र केहि महत्वपुर्ण धार्मिक प्रवचन ज्याम्याङ कुश्याब् रिन्पोछेज्युको निर्माण कार्य अवतारी रुद्धेय धर्म गुरु टुल्कु साङ्गे शेडुब् तेन्जिेन रिपोन्छेको प्रमुख आतिथ्यमा ३ दिवसीय पुजा हुने जनाएको छ । उक्त पुजामा १० लाख लागत लाग्ने र ३ दिनमा ५ हजार देखि ८ हजार सम्म भक्तजन आउने अनुमान गरिएको छ ।

यसै गरी कार्यक्रमको पहिलो दिन बागमति प्रदेशका अर्थ मन्त्रि बहादुर सिङ लामाको प्रमुख आतिथ्यतामा उद्धघाटन समारोहमा कार्यक्रम हुने र अन्तिम दिन हेटौैंडा उपमहानगर पालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*