अखिल नेपाल औद्योगिक मजदुर संघ हेटौंडा सिमेन्ट उद्योग लि. इकाई समितिको प्रमाणपत्र बितरण
 
 हेटौंडा । २२ श्रावण/ अखिल नेपाल औद्योगिक मजदुर संघ हेटौंडा सिमेन्ट उद्योग लि. को चैत १७ गते सम्पन्न अधिवेशनबाट नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम २०८१ श्रावण २२ गते सम्पन्न भएको छ ।१७ कार्य समिति र २ सल्लाहकार सहित रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम बागमती प्रदेश सासंद कुमारी मोक्तानले अहिले मुलुकको ठूलो समस्या हो देशमा उद्योगको विकासको कमी, कारण लोकतन्त्र आएको यत्रो समय हुँदा पनि राजनीतिक अस्थिरताका कारण देशमा उद्योग व्यापारको विकास हुन पाइराखेका छैन । फगत मुलुकलाई औद्योगिकीकरण गर्ने नाराले मात्र विकास सम्भव छैन । उद्योग दुर्घाकालिन रुपमा सन्चालन गर्नु पर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथिमा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, अतिथिमा नेकपा माओवादी केन्द्र मकवानपुर सचिव बिर बहादुर घलान(ज्वाला), नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य ललित बहादुर घलान, नेकपा माओबादी केन्द्र बागमती प्रदेश सदस्य एवम मजदुर फ्र्याक्सन इन्चार्ज विवेक राइ, अ.ने.ट्रे.यू. महासंघ मकवानपुर जिल्ला अध्यक्ष रामशरण घिमिरे (भान्जा), अ.ने.ट्रे.यू. महासंघ मकवानपुरका उपाध्यक्ष रबिन्द्र केसी, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला कोषाध्यक्ष अनिल बसेल, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला सदस्य विशाल जिम्बा लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा अ.ने.ट्रे.यू संघ हेटौंडा सिमेन्ट उद्योग लि.इकाई कमिटीका अध्यक्ष नेमा डिम्डुङको सभाध्यक्षमा सम्पन्न भएको थियो ।कार्यक्रम मुकुन्द भट्टराईले सन्चालन गरेको थिए ।

 तामसालिङ खबर
तामसालिङ खबर




