यातायात सिन्डीकेट अन्त्य गरेरै छाड्ने: गृहमन्त्री थापा

तामसालिङ खबर
१८ फाल्गुन २०७५, शनिबार २१:३६

हेटौँडा : गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले यातायात क्षेत्रमा रहेको सिन्डीकेटलाई अन्त्य गरेरै छोडने बताएका छन् । सिण्डिकेट लगायतका विषयमा अडिग रहेका मन्त्री बादलले सिण्डिकेट र भ्रष्टाचार अन्त्य गर्न सरकार अग्रसर भएको दाबी गरे ।

३ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मंगलबार हेटौँडा आईपुगेका गृहमन्त्री थापाले संचारकर्मीहरुसँग कुरा गर्दै भ्रष्टाचार, सिण्डिकेट र तस्करी विकासका लागि बाधक रहेको भन्दै सरकार यसलाई समाप्त पार्न सरकार अग्रसर रहेको बताए ।

विगत र वर्तमानमा जमिन आसमान फरक छ सिन्डीकेटलाई खारेज गर्न सरकार प्रतिवद्ध छ घुँटा टेक्ने प्रश्नै उठदैन । ” सिन्डीकेटलाई सहयोग गर्ने जिल्लाका सबै निकायहरु कारबाहीको भागेदारी बन्ने समेत उनले बताए ।

बाम गठबन्धन नेतृत्वको सरकारको मूख्य जनादेश विकास र समृद्धि भएको भन्दै यसका लागि सुशासन, सुरक्षा र स्थानीयत्व आवश्यक रहेको बताए । नेपालमा पुन: धर्म, जाती तथा समानन्तर सरकार खडा गर्ने नाममा अस्थिरता खडा गर्ने काम भएको छ भन्दै उनले यस्ता क्रियाकलाप नियन्त्रण गर्दै देशमा सुशासन, शान्ति तथा स्थायित्व कायम गर्न सरकार गम्भिर भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*