प्रदेश ३ का सांसदहरुको हेटौडामा सपथ ग्रहण
हेटौडा : तिन नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम हेटौडामा सम्पन्न भएको छ । यस अघि प्रदेश प्रमुख कोइरालाले जेष्ठ सांसद डोरमणि पौडेललाई सपथ खुवाएका थिए ।
३ नम्बर प्रदेशका सांसदहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बिहान साढे ११ बजे प्रदेश सांसद सचिवालय सभाहलमा १०९ जना सांसदले पद तथा गोपनीयतको सपथ लिएका हुन् ।
प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा सपथ ग्रहण गराएपछि पौडेलले १०९ जना प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण खुवाएका थिए । देश र ईश्वरको नाममा सपथ लिँदै सांसदहरूले देश विकासमा जुट्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
सपथ ग्रहणका लागि आएका सांसदहरुलाई पन्चे बाजा, धिमे बाजा सहित फूलमाला र खादाले स्वात गरेका थिए । आइतबार भने प्रदेशसभाका सांसदहरुको सपथ ग्रहण गराउने कार्यक्रम क्षेत्रीय शिक्षा निर्देशनालको भवनमा राखिएको छ । सपथ ग्रहणका लागि कतिपय सांसदहरु आफ्नो मौलिक भेषभुषामा सजिएर उपस्थित भएका छन् ।

प्रदेश प्रमुख बनेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले हेटौंडास्थित क्षेत्रीय प्रशासन कार्यालयमा रहेको कार्यकक्षमा पदभार ग्रहण गरिसकेकी छिन् । क्षेत्रीय प्रशासकको आवास गृहलाई प्रदेश प्रमुखको आवास बनाइएको छ ।
प्रदेशको अस्थायी मुकाम बनेको हेटौडामा जिल्ला समन्वय समितिको कार्यालय रहेको भवनलाई मुख्यमन्त्रीको कार्यालय बनाउने तयारी गरिएको छ भने हुप्रचौरमा रहेको बासुदेव सभागृहलाई प्रदेशसभा संसदको बैठकस्थल बनाउने तयारी छ ।







