आज घोडे जात्रा, काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाण्डौको टुडिखेलमा आज घोडे जात्रा भब्य मनाइदै छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी आज घोडेजात्रा भब्य मनाइँदैछ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यो पर्वका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ ।
आजको दिन भद्रकाली, लुमडि, कंकेश्वरी र भैरवहरुको प्रतिमालाई उठाएर असन चोकमा ल्याईन्छ । वर्षमा आजको दिनमात्र यस्तो दिन हो जब यि सबै भैरव प्रतिमाहरुले एकअर्कालाई भेट्दछन् । घोडेजात्राका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक बर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडादौडाउने गर्दछ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्नेएक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ ।
भक्तपूरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ । घोडेजात्रा हेर्न राष्ट्र प्रमुख सम्माननिय राष्ट्रपति सहित उच्च पदस्थ व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई टुँडिखेललाई डाक्ने गरिन्छ । घोडेजात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।