मनहरीमा भोलि देखि २६ गते सम्म महायज्ञ बुद्ध बचन पाठ हुने

हेटौडा (मनहरी) – मनहरी गाउपालिका वडा नम्बर ५ स्थित रुन्चेडाँडामा भोलि शनिबार देखि २६ गते सम्म महायज्ञ बुद्ध बचन (भुम) महाप्रज्ञापरामिता पाठ हुने भएको छ । नेपाल अहिंसाबादी बौद्धधर्म चक्र संघको धर्मगुरु ‘आचार्य खेन्पो पेमा सम्भ लामा’ को समूपस्थितिमा ४ दिन सम्म पुजापाठ हुने विश्वशान्ति महायज्ञ मूल समारोह समितिको संयोजक फुलमाया थिङले जानकारी दिनु भयो ।
समस्त प्राणीको उद्धार रास्ट्रको कल्याण विश्वमा शान्ति फैलाउने उद्येश्यले भगवान बुद्धको शान्ति र अहिंसा ज्ञानको माध्यमबाट निर्मुल पार्ने कार्यका साथ कार्यक्रम चैत्र २३ गते संक्षिप्त बुद्ध बचन (भुम) महाप्रज्ञापारमिता ग्रन्थ पाठ तथा विश्वशान्तिको महायज्ञ कार्यक्रम उद्घाटन हुने, चैत्र २४ गते बुद्ध बचन ग्रन्थपाठ तथा मोन्लम प्रणीधान, चैत २५ गते बुद्ध बचन ग्रन्थपाठ संगै बेलुकी पितृ मोक्षको लागि छोक म्हार्मेन (दिप प्रज्वलन) गरिने छ ।
चैत २६ गते बिहान पुजापाठ संगै विश्व शान्ति होम महायज्ञ गरि धर्मगुरुबाट औपचारिक धार्मिक प्रबचन सहित छेवाङ अभिषेक प्रदान गरिने छ । समापन कार्यक्रममा तिन नम्बर प्रदेशको उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने तालिका रहेको छ ।
त्यस्तै सोहि दिन अग्नि होत्र आश्रमको गुरुबाट पनि धार्मिक प्रबचन हुने बताएको छ । समापन कार्यक्रममा अहिंसाबादी कलाकेन्द्रबाट बुद्ध भजनकिर्तन सहित सास्कृतिक कार्यक्रम हुने पुजा सास्कृतिक कार्यक्रम संयोजक निमा वाइबा लामाले बताउनु भयो । महायज्ञ सफल बनाउन ५१ सदस्यीय महायज्ञ मुल समारोह समिति रहेको छ ।