आमाको स्मृतिमा ओम बृद्धाश्रमलाई सहयोग

तामसालिङ खबर
२२ चैत्र २०७५, शुक्रबार २१:४९

हेटौडा– आमाको स्मृति दिवसमा कैलाश गाउँपालिका वडा नम्बर ६ निवासी अंकित श्रेष्ठ र उनका दिदिहरु समिता तथा विपना श्रेष्ठ सहितको परिवारले शुक्रबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ओमबृद्धाश्रम नगद सहित फलफुल वितरण गरेका छन् ।

आफ्नो आमा स्वर्गीय रत्नमाया श्रेष्ठको दोश्रो वार्षिक स्मृतिमा श्रेष्ठ परिवारले आश्रमलाई नगद १५ हजार सहितको फलफुल वितरण गरिएको छ । आमाकै कारणले आफुहरु यो अवस्थामा आएको भन्दै उनले विभिन्न कारणले आश्रममा जीवन विताउन वाध्य रहेका आमाबुबाको लागि सानै भएपनि सहयोग गर्न पाएकोका खुसी ब्यक्त गरे ।

कार्यक्रममा उनीहरुले आश्रममा रहेका आमाबुबालाई विहानको खाजाको रुपमा फलफुल, विस्कुट तथा जुस समेत खुवाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*