हेटौडामा ‘फूलको विद्रोह’को गृह विमोचन

तामसालिङ खबर
२३ चैत्र २०७५, शनिबार १०:०२

हेटौडा– मकवानपुरे कवि अनिता न्यौपानेको कविताकृति ‘फूलको विद्रोह’को गृह विमोचन तथा विमर्श कार्यक्रम हेटौंडामा भएको छ । मकवानपुर बहुमुखी क्याम्पसको सभाकक्षमा साहित्यकार तथा साहित्यानुरागीहरुका बीच कवि न्यौपाने कृति ‘फूलको विद्रोह’को गृह विमोचन तथा विमर्श कार्यक्रम भएको  हो ।

कविताकृति ‘फूलको विद्रोह’माथि कार्यपत्र प्रस्तुत गर्दै समीक्षक तथा समालोचक घनश्याम घिमिरेले कृतिमा समावेश भएका कविताले रुपान्तरणसहतिको उज्यालोको खोजी गरेको बताएका छन् । उनले शब्दहरुको कलात्मक प्रयोगको रुपमा फूलको विद्रोह जन्मिएको बताएका हुन् ।

कवि न्यौपानेका कवितामा प्रगतिशिल चेतना, रुपान्तरणको चाहना, भौतिकवादी जिवन दृश्टिकोण, समानताको आवाज, लैगिङ्क समानता र नारी अस्तित्वको खोजी गरेको पढ्न पाइने कार्यपत्रमा उल्लेख छ । बिम्ब र प्रतिकलाई अभिव्यक्तिको मुख्य माध्यम बनाइएको कवितामा अभिव्यक्तिको सरलता, संक्षिप्तता, आदर्श प्रेमप्रतिको आशक्ति रहेको समीक्षक घिमिरेले बताए ।

कार्यक्रममा साहित्यकार तुल्सी थापा, आरसी रिजाल, तीर्थदेवि सिलवाल, निमेष निखिल, कवि अनिता न्यौपाने र साहित्यकार तथा मञ्जरी पब्लिकेशनका प्रमुख कृष्ण अविरलले कविताकृतिको गृहविमोचन गरेका थिए ।

‘फूलको विद्रोह’ यसअघि चैत २ गते कृति काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तुल्सी थापाले मकवानपुरे साहित्यलाई फराकिलो बनाउने क्षमता कवि न्यौपानेमा रहेको बताए । कृतिकार अनिता न्यौपानेले सबैको सहयोगले लेखनमा प्रेरणा मिलेको बताइन् ।

साहित्य संगमका अध्यक्ष निमेष निखिलको अध्यक्षतमा भएको विमोचन कार्यक्रममा पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिम्सिना लगायत अतिथि रहेका थिए ।

कार्यक्रममा पूर्व सभासद प्रल्हाद लामिछाने, नेपाली कांग्रेसका नेता भीमसेन महत, नेकपाका नेता कमानसिंह पाख्रिन, विभिन्न साहित्यिक संस्थाका प्रमुख, साहित्यकारहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*