‘टिक टक’ प्रतिबन्ध लगाउन अदालतको आदेश

तामसालिङ खबर
२३ चैत्र २०७५, शनिबार १०:२२

भारत । पछिल्लो समय युवा पुस्तामाझ निकै चर्चित टिकटकमा प्रतिबन्ध लगाउन भारतको मद्रास उच्च अदालतले आदेश गरेको छ । मनोरन्जन मोबाइल एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको हो ।

मद्रास उच्च अदालतले इन्डोनेसिया र बंगलादेशको सरकारले उक्त एपमा प्रतिबन्ध लगाइसकेको र अमेरिकाले समेत बालबालिकाहरुलाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम जारी गरिसकेको अवस्थामा भारत सरकारले पनि उपयुक्त कदम चाल्नुपर्ने आदेशमा उल्लेख गरेको छ ।

अदालतले टिक टकजस्ता मोबाइल एपमा पोर्न सामग्री उपलब्ध भएको उल्लेख गर्दै यस्ता सामग्रीबाट बालबालिकाहरुमा नराम्रो असर परिरहेको पनि उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*