पहिचानको आधारमा प्रदेशको नाम नेवा- तामसालिङ्’ राख्न संसदमा माग

तामसालिङ खबर
२७ चैत्र २०७५, बुधबार १४:०५

हेटौंडाः तिन नम्बर प्रदेश सभाको वैठकमा प्रदेशको नाम ‘नेवा – तामसालिङ्’ राख्नु पर्ने माग उठेको छ । मंगलबारको विशेष समयमा मकवानपुरका सांसद ओम बहादुर ग्लानले तिन नम्बर प्रदेशको नामाकरण ‘नेवा – तामसालिङ’ हुनुपर्ने माग राखेका हुन् ।

१० वर्षे जनआन्दोलनको उदारहण दिंदै उनले आजको उपलब्धिलाई संस्थागत गर्न पहिचानको आधारमा नाम राख्नु पर्ने बताएका हुन् ।

३ नम्बर प्रदेशको नामाकरण ‘नेवाः तामसालिङ्’ हुनु पर्ने भन्दै विभिन्न समयमा जातीय संघ संस्थाहरुले पनि आवज उठाउँदै आएका छन् । ३ नम्बर प्रदेशमा नाम र राजधानीको विषय यहि हिउँदे अधिवेशनमा टुङग्याउने सरकारको दावि छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*