तिन नम्बर प्रदेशको मन्त्रिपरिषदको ५ वाट कार्यविधिमा निर्णय

हेटौडा: तिन नम्बर प्रदेश को मन्त्रीपरिषदले पाँचवटा कार्यविधिमा निर्णय गरेको छ । मन्त्रीपरिषदले बैठकले हिमाली र पहाडी जिल्लामा महिला तथा वाल स्वास्थ्य प्रर्वद्धनको लागि साना योजना कार्यक्रम अनुदान सम्वन्धी कार्यविधि २०७५ स्वीकृत गरेको छ ।
त्यस्तै, नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धन सम्बन्धी प्रदेश स्तरिय कार्यबिधि, मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यन्वयन सम्बन्धी कार्यबिधि २०७५ स्वीकृत गरेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता कैलाश प्रसाद ढुंगेलले जानकारी दिए ।
वारा तथा पर्सामा हावाहुरीका कारण पिडीत परिवारलाई यसअघिको मन्त्री परिषद बैठकले गरेको निणय अनुसार नगद स्वरुप दुइ नम्बर प्रदेश सरकारको खातामा एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेकोको मन्त्रीपरिषदको बैठकले प्रदेश रजिष्टारको नियुक्ति समेत गरेको छ ।