६४ किलो गाँजासहित सुमो चालक पक्राउ
हेटौडा – मकवानपुरको हेटौँडा १५ रातोमाटेबाट ६४ केजी लागऔँषध गाँजा सहित एक सुमो चालक पक्राउ परेका छन् । प्रहरीले भारत बिहार मोबासिरुलहसन सब्जिबाघ पटना बस्ने बर्ष २८ को समिर अहमदलाई पक्राउ गरेको हो । चैत्र २६ गते बिहान करिब ७ बजे पक्राउ परेका अहमदलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार सार्वजनिक गरेको हो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाको नेतृत्वमा खटिएको प्रहरी टोलीले चैत २६ गते हेटौँडाको रातोमाटेमा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको भारतिय बिआर ०४ बि. ९९४१ नम्बरको भारतीय सुमो रोकेर जाँच गर्दा सुमोको छत मुनिको भागमा गाँजा फेला परेको थियो । चारपाटे फलामको पातामा नटले कसी फल्स बटम बनाएर त्यसभित्र रातो प्लाष्टिकमा राखिएको गाँजालाई डोरीले बाँधेर टेप समेत बेरिएको अवस्थामा फेला पारिएको थियो ।
३० वटा चारपाटे पोकामा गाँजा फेला परेपछि चालक अहमद र सुमो गाडीलाई नियन्त्रणमा लिई कारवाही अघि सारिएको हो । अहमदले अपराध गरेको ठहर भएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना हुन सक्ने र सवारी साधन समेत जफत हुनसक्ने बताइएको छ ।






