चलचित्र नीति सबै जातजातिलाई सम्मान गर्ने खालको हुने – संचारमन्त्री बास्कोटा

दिलबहादुर लामा
१ बैशाख २०७६, आईतवार १०:३६

काभ्रे – अबको चलचित्र नेपालको सबै जातजातिलाई समेट्ने सम्मान गर्ने खालको नीति छिट्टै बनाइने भएको छ । काभ्रेको भकुन्डेबेसीमा भएको तिन दिने तेस्रो तामाङ चलचित्र महोत्सबको शनिबार औपचारिक उद्घाटन गर्नुहुदै प्रमुख अतिथि समेत रहनु भएको सुचना तथा संचारप्रबिधी मन्त्री गोकुल बास्कोटाले यस्तो बताउनु भएको हो ।

चलचित्रलाई हेर्ने दृष्टिकोण,व्यवहार र संरचना पुरानो भईसकेको उल्लेख गर्दै चलचित्र बिकास बोर्डको संरचना परिबर्तन गर्दै सरकारले चलचित्रसम्बन्धी कार्य तथा नीतिहरु अघि सार्ने उनले भने ।

 

तामाङ चलचित्र सघको आयोजनामा भएको महोत्सब शुक्रबारबाट अनौपचारिक रुपमा शुरु भएपनि शनिबार संचार मन्त्री बास्कोटाको प्रमुख आतिथ्यतामा तिन दिने महोत्सबको उद्घाटन गरिएको हो । महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुदै, ‘मन्त्री बाँस्कोटाले आगामी चलचित्र नीति नेपालको विविधतालाई सम्मान गर्ने खालको हुने बताउनुभयो । उद्घाटन सत्रको र्यालीमा लामा, बोन्पो, ताम्बा लगायतले आ-आफ्नो भेषभुषामा सझिएर झाँकी र्याली गर्दै बजार परिक्रम गरिएको छ ।

सबै जातजातिका साँस्कृतिक बिषयबस्तु पहिचान गरि सरकारले चलचित्रसम्बन्धी कार्य तथा नीतिहरु अघि सार्ने बताउनु भयो । चलचित्रलाई हेर्ने दृष्टिकोण,व्यवहार र संरचना पुरानो भईसकेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले अब फेरबदल गर्ने बेला भएको उनले भने ।

महोत्सबमा छनोट भएको ५ चलचित्र मध्ये दोर्जे तामाङद्वारा निर्देशित चलचित्र ‘आप्लेङला नाम्सा’ र हुत्त संजय लामाद्वारा निर्देशित ‘सेमरिन मुल माया’ शुक्रबार नै प्रदर्शन गरिसकेको छ । ‘महोत्सबको दोस्रोदिन शनिबार रोशन फ्युबाद्वारा निर्देशित चलचित्र ‘श्होङ्’ र बाबु थिङद्वारा निर्देशित चलचित्र ‘रुङ्सी टिला’ प्रदर्शन गरिएको छ । आइतबार राजकुमार तामाङद्वारा निर्देशित चलचित्र ‘सर्कु’ प्रदर्शन हुदै छ । प्रदर्शन गरिकेको चलचित्रहरु मध्ये एक उत्कृष्ठ चलचित्रलाई सम्मान तथा पुरस्कार बितरण गरिने बताएको छ ।

महोत्सबमा प्रदर्शन गरिएको चलचित्रको छनोट प्रक्रियाको निर्णायकको रुपमा चलचित्र संघको पूर्वअध्यक्ष प्रकाश ब्लोन, निर्देशक तथा संचारकर्मी दिपेन्द्र दोङ र निबर्तमान अध्यक्ष जेनिश दोङ लगायतको रहेको छ ।

महोत्सबको उद्घाटन सत्रमा सघको उपाध्यक्ष दिपक लामाले स्वागत गर्दै शुरु भएको कार्यक्रममा संघीय सांसद गंगाबहादुर दोङ (वमध्वज)ले हरेक समुदायको संस्कृति संरक्षण गर्ने दायित्व राज्यको हुनुपर्ने र यसप्रति आफू पनि गम्भीर रहेको बताए । संघको पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार जेनिश दोङले नीतिगत पाटोमा अझै राज्यले कदम चाल्नुपर्ने अवस्था रहेको बताए ।

महोत्सबमा प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ, नमोबुद्ध नगरपालिकाको प्रमुख टिपी शर्मा, नेपाल तामाङ घेदुङ्ग को महासचिब बाबु घिसिङ, रोशी गाउपलिकाको प्रमुख डीबी मोक्तान लामा, तेमाल गाउपालिकाको प्रमुख सलाम सिं लामा, आदिबासी जनजाती चलचित्र महासघको अध्यक्ष अमृत बहादुर सुनुवार, कान्तिपुर हस्पिटलको प्रबन्ध निर्देशक सीबी लामा, राष्ट्रिय तामाङ घेदुङ्को अध्यक्ष बीरबहादुर योञ्जन, नमोबुद्ध नगरपालिकाको उपप्रमुख रमादेबी तामाङ, चलचित्रकर्मी तथा संचारकर्मी दिपेन्द्र दोङ, तामाङ चलचित्र सघको पूर्व अध्यक्ष प्रकाश ब्लोन, सघको प्रमुख सल्लाहकार जेनिश दोङ लगायतका अतिथिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

शनिबार भएको उद्घाटनमा झाक्री सघ नेपालको समूह, लामा, तम्बाहरुको झाकी पस्तुति लगतै चर्चित गायक गायिकाहरुबाट सांगीतिक सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । विभिन्न भेग बस्तीबाट आएका सांस्कृतिक समुहहरुले पनि नृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहेको छ ।

आइतबार राजकुमार मोक्तान निर्देशित चलचित्र ‘सेर्कु’ प्रदर्शन हुदै छ । छनोट भएको ५ चलचित्र मध्ये उत्कृष्ठ चलचित्रलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै पूर्व सभासद तिर्थ लामाबाट महोत्सवको समापन गरिने बताए । महोत्सबमा चलचित्र सघको अध्यक्ष बिकु थोकरको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*