समृद्धिका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहेको : कृषीमन्त्री लामा
चितवन । संघिय प्रणालीमा देश गइसकेकोले अब कुनै पनि द्धन्द्ध नभई समृद्धी तर्फ उन्मुख भैसकेको तिन नम्बर प्रदेशको भूमिसुधार व्यवस्था तथा कृषि सहकारी मन्त्री दावादोर्जे लामाले एक कार्यक्रमका बीच यस्तो बताएका हुन् ।
राप्ती नगरपालिका ८ थ्री ग्रुपमा क्रियाशिल कालिका सिर्जनशील युवा परिषद्द्धारा आयोजना गरिएको बृहत नव बर्ष मेला २०७६ को समुद्घाटन गर्दै लामाले देश निर्माणका लागि युवा खेलाडी, कलाकार, पत्रकारहरुको भूमिका पनि महत्वपूर्ण रहेकोले सबै जना लाग्नु पर्ने बताएका छन् ।
राप्ती नगरपालिका भित्र गर्नु पर्ने विकासको कार्यहरु तदारुपताका साथ अघि बढ्दै भन्दै प्रस्तावित फन पार्क पनि छिट्टै निर्माण हुने कुरामा ढुक्क हुन् समेत आश्वासन दिएको संचारकर्मी राजेश रुम्बाले बताएका छन् ।
कार्यक्रममा तिन नम्बर प्रदेशको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलिया, नगर प्रमुख प्रभा बराल, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार कंडेल, वडा अध्यक्ष बुद्धिराज थपलिया, नगर सचिवालय सदस्य श्यामलाल विक लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम युवा परिषद्का अध्यक्ष सोम बहादुर पुनको अध्यक्षतामा भएको मेला ३ गते मंगलबार सकिदै छ ।






