पर्यटन प्रबर्द्धन गर्न महोत्सबको ठुलो भूमिका रहने – सामान्यप्रशासन मन्त्री पण्डित

तामसालिङ खबर
३ बैशाख २०७६, मंगलवार २२:२४

काठमाडौ – ऐतिहासिक संरचना, पर्यटकीय गन्तव्यहरुको विकास, स्थानीय उत्पादनको बजारीकरण, र कला संस्कृतिको प्रचारप्रसारले महोत्सवले ठुलो भूमिका खेल्ने संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री लालबाबु पण्डितले बताउनु भयो ।

आइतबार सम्पन भएको चौथो बज्रयोगिनी मणिचुड पर्यटन महोत्सवमा मन्त्री पण्डितले नगरपालिकाले ठुलो भूमिका खेल्न जरुरी रहेको बताए । सबै मिले विकास गर्न सहजता संगै पर्यटनको लागि प्रवल सम्भावना बोकेको ठाउँ रहेको उनले भने ।

विविध खालको जडीबुटि, लालीगुराँस र हिमालको दृश्य अबलोकन लगायतले पर्यटनको मन लोभ्याउने बताउदै संघीय सांसद रामेश्वर फुयाँलले मणिचुड उपत्यकाको नजिक रहेर पनि पर्यटनको लागि ठुलो सम्भावना रहेको उनले भने ।, ‘प्रदेश नं. ३ मा समेत् लिखित रुपमा प्रस्ताव ल्याएमा बजेट विनियोजन गर्न तप्पर रहेको संसद फुयालले भने ।’

शंखरापुर नगर प्रमुख सुवर्ण श्रेष्ठले धार्मिक पर्यटकको लागि बज्रयोगिनी मणिचुड उद्गम थलो रहेको बताए । पर्यटकीय बिकासको लागि नगरबाट ५० लाख विनियोजित गरेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । मनिचुडको प्रबर्द्धनमा नगरपालिकाको प्रमुख दायित्व भएको उल्लेख गरे ।

त्यस्तै, उपमेयर शुक्रलक्ष्मीश्रेष्ठले कृषि, पर्यटनमा अगाडि बढाउन महोत्सवले ठुलो भुमिका खेल्ने बताइन् । पर्यटननगरी बनाउन सबै वडाले यस्तै कार्यक्रमहरु आयोजना गरिनुपर्ने बताइन् । जात्रानागी डाँडा घुमारचोकमा ६५ फिटअग्लो बुद्धको मूति प्रतिस्थापनाको लागि मन्त्री पण्डितले शिलान्यस गरिएको थियो ।

महोत्सबको पहिलोदिन बक्तृत्वकलामा बनदेवी आधारभूत विद्यालयका छात्रा भिममाया मोक्तान विजेता बनिन् । एभरग्रिन माविका प्रविना कट्टेल द्धितिय, उग्रतारा माविका रेणु थिङ तृतिय र शारदा माविका दिनेश रिमालले सन्त्वाना प्राप्त गरेका छन् । उनीहरुलाई नगद तथा प्रमाणपत्र दिएका छन।

म्याराथुनमा पुरुषतर्फ विजेता कान्छाराम घिसिङ, द्धितिय रोहितखत्री र तेस्रो सुर्य ग्लान भएका थिए । यसैगरी महिलामा विजेता कमला मोक्तान, दोस्रो सिर्जना स्याङ्बो र तेस्रो सुनिता स्याङबो भएकीछन् । उनीहरुले क्रमशः १० हजार, ७ हजार र ४ हजार सहित प्रमाणपत्र प्रदान गरेका छन् ।

फुटबलमा बज्रमणि बुद्ध युवा क्लव शंखरापुर–८ बज्रयोगिनी घुमारचोक बिजेता बने भने सोही वडाका बज्रयोगिनी युवा क्लब,भुल्बु दित्तीय र लप्सेली युवा क्लब तेस्रो बने । उनीहरुलाई क्रमश १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए । लासेली युवा क्लबले भने बुद्धको मुर्ति स्थापनाका लागि पुरस्कृत नगद आयोजकलाई हस्तारण गरे ।

त्यस्तै, लोकदोहोरीमा शंखरापुर बज्रयोगिनी घुमारचोकका बिरबहादुर ग्लान तामाङ (च्याङ्बा), धर्मरत्न ग्लान तामाङ र डम्फू ग्लान तामाङका समूह प्रथम भए । वडा नम्बर २ का पार्वती वाइबा तामाङ, सानुमाया तामाङ र प्रशान्ति तामाङका समूह दोस्रो स्थानमा रहे भने वडा नं. १ नाङ्लेभारेका सानुकान्छातामाङ, प्रेमबहादुर तामाङ र हेमनारायणदंगालको समूह तेस्रो भएका थिए । उनीहरुलाई नगद २० हजार, १५ हजार र १० हजार सहित प्रमाणपत्र र ट्रफीप्रदान गरेका थिए ।

महोत्सबमा चर्चित गायक विश्व दोङ, बुद्धि तामाङ, योगेश लामा, भिमसेन खतिवडा, सुवास केसी, बासु सिंखडा, मिना बज्राचार्य, टिका सानु, कल्पना दाहाल, रेश्माबम्जन, सञ्जोग वाइबा, पदमबहादुर विक लगायतले मनोरञ्जन दिलाएका थिए । स्थानीय कलाकार बिरबहादुर ग्लान (च्याङ्बा), सम्बर ग्लान, सुविन्द्र ग्लान ,नमु ग्लान, सिम्रन ग्लान लगायतले महोत्सवमा बेजोड प्रस्तुति रहने आयोजकले बताए ।

महोत्सवमा संघीय सांसद सरिता न्यौपाने, ३ नं. प्रदेश सांसद मणिरामफुयाँल, नगरका प्रवक्ता एवं वडाध्यक्ष हित मान ग्लान, नगर प्रशासकीय अधिकृत प्रमोद सिंखडा, नेकपाका नेता कृष्णराज सुवेदी, कांग्रेसका नगरसभापति राजुभाई मानन्धर, सल्लाहकार मधु केसी (निरज), लक्ष्मीप्रसादश्रेष्ठ(एलपी), टानका पूर्व महासचिव कर्ण लामा, पर्यटन व्यवसायी कर्णबहादुर तामाङ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

शान्तिको पर्याय बज्रयोगिनी मन्दिरको विशेषतालाई उजागर गरी आन्तरिक तथा बाह्य पर्यटन गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले महोत्सव गरिएको बज्रयोगिनी मणिचुड पर्यटन महोत्सवका संयोजक विरबहादुर ग्लानले बताए ।

प्रतियोगिताकालागि नेचुरल बचत तथाऋण सहकारी संस्थाले नगद पुरस्कारको व्यवस्था गरेकाथिए । बज्रयोगिनीविश्व सम्पदा सूचिमा सूचिकृत हुन प्रस्तावित, धार्मिक सहिष्णुताको प्रतिक, सदभाव र सह–अस्तित्वबोकेको मन्दिर हो ।

महोत्सव पूर्वसन्ध्यामा नगरस्तरीय बक्तृत्वकला, मैत्रीपूर्ण फुटबल, म्याराथुन र लोकदोहोरी प्रतियोगिता भएका थिए । स्थानीय, लामा, झाँक्री, ताम्बा र खैचडीको प्रस्तुतिले महोत्सवको शोभा बढाएका थिए । महोत्सवमा तामाङ खाना, पहिरन लगायतका स्टल थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*