कवितामा राजनीति

पोईला जान पाउं
हजुर
चुनाव जित्न पाउं
सकभर त
एमाले बाटै
टिकट लिन पाउं
नाम मेरो कोमल वली
कहिले कमलको झोली
कहिले केपी ओली
कहिले गाईको पुच्छर समाउने
कहिले घामले सेकाउने
न स्थायित्व
न कुनै दायित्व
न कुनै कर्तव्य
न हो कुनै राजनीतिज्ञ
कहिले कता
कहिले कता
अनि पाउछन धोका
तर बन्द छैनन् ढोका
उपयोग गर्दै प्रजातन्त्र
उम्मेदवारी भो स्वतन्त्र
पराजय निश्चितता
गन्तव्य अनिश्चितता
हुन सक्छ भोलि रुख
पाएपछि दु:ख
तर चिन्ता नलिनु
अरुलाई मन नदिनु
अझै पनि उमेर छ
केहि भए उपचार छ
बगेको खोलो त नफर्किन सक्छ
तर पहिलेकै पार्टी चाहि फर्किन सक्छ
अरु नयाँ पार्टी नि पर्खिन सक्छ
ठुलो ठुलो देख्दा सपना
भ्रम होला सबै कल्पना
पुगेपछि साट्ठी
हातमा लट्ठी
तर हुन सक्छ
यता न उता
मन रुन सक्छ
बरालिदै कुददा
तर किन चिन्ता पीर
लागे हुन्छ खोला तीर…