तिन नम्बर प्रदेशको सरकारले हुरीबतास पीडितलाई एक करोडको चेक हस्तान्तरण

तामसालिङ खबर
४ बैशाख २०७६, बुधबार २०:२७

जनकपुर – तिन नम्बर प्रदेशको सरकारले बारा र पर्साका हुरीबतास प्रभावित पिडितको आवास निर्माणका लागि एक करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

तिन नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले दुइ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई जनकपुर पुगेर बुधबार सो रकम हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै, तिन नम्बर प्रदेशका प्रदेश सभा सदस्यहरुको ३ दिन बराबरको तलब प्रदेश सभाका उपसभामुख राधिका तामाङले २ नम्बर प्रदेशका मुख्यमन्त्री राउतलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । प्रदेश सभाका १ सय ९ जना सदस्यहरुको ३ दिनको पारीश्रमिक ४ लाख ६९ हजार ५० रुपैया हस्तान्तरण गरिएको हो ।

गत चैत १७ गते राति बारा र पर्साका विभिन्न क्षेत्रमा आएको भीषण हावाहुरीका कारण २८ जनाको मृत्यु भएको थियो भने ६ सय भन्दा बढी घाइते भएका थिए ।

हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचीव रमेश शिवाकोटी, भौतिक पुर्वाधार बिकाश मन्त्रालयका सचीव कौशल किशोर झालगायतको टोलि जनकपुर पुगेको थियो । यसअघि प्रदेश तीन सरकारले बारा र पर्साका हुरीबतास प्रभावितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले छिमेकी प्रदेशमा परेको विपत्तिमा सहयोग गरेर मानविय कार्यमा सहयोग गरेको बताउनुभयो । त्यस्तै २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ३ नम्बर प्रदेश प्रति ऋणि रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*