विप्लबको नेपाल बन्द फिर्ता लिन घेदुङको आग्रह

तामसालिङ खबर
४ बैशाख २०७६, बुधबार २२:२१

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)द्वारा आवहान गरेको नेपाल बन्द फिर्ता लिन नेपाल तामाङ घेदुङले आग्रह गरेको छ ।

घेदुङले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक तिथि चैत्रपूर्णिमा बैशाख ६ गते पर्ने र सो पूर्णिमाको अघिल्लो दिन बैशाख ५ गते विश्व सम्पदा बौद्ध स्तुपा परिसरमा विहानबाट धार्मिक पुजा तथा साँस्कृति तेमाल जात्रा सुरु हुने भएकोले उक्त कार्यमा बाधा पुग्ने भएकोले विप्लवलाई बन्द फिर्ता लिन आग्रह गरेका हुन् ।

घेदुङ्को महासचिब मोहित कुमार तामाङले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा विप्लवलाई लाखौं तामाङहरुको आस्थाको साँस्कृतिक तेमाल जात्रालाई असर पर्ने भन्दै उक्त बन्द फिर्ता गर्न बिज्ञप्तिमा भनिएको छ । हजारौं बर्ष देखिको परम्परा भएकाले उक्त जात्रालाई बाधा पुग्ने गरि आवहान भएको बन्द फिर्ता गर्न आफूहरुले विप्लवलाई आग्रह गरेको तामाङले जानकारी दिनुभयो ।

घेदुङ्को महासचिव महित कुमार तामाङद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा नेपाल बन्दले हजारौं वर्षदेखि चलिआएको परम्परागत जात्रामा लाखौँ भक्तजन तथा श्रद्धालुजनहरु प्रभावित हुने भएकोले घोषित बन्द फिर्ता लिन नेकपा विप्लवलाई आग्रह गरिएको बताएको छ ।

तेमाल जात्राको अवसरमा नेपाल सरकार र प्रदेश ३ सरकारलाई बैशाख ५ र ६ गते तामाङ समुदायको लागि तेमाल जात्राको प्रबर्द्धन गर्न सार्वजनिक बिदा घोषणा गर्न माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*