तिन नम्बर प्रदेशले ५० अर्ब बजेट ल्याउने तयारी
 
 हेटौंडा – तिन नम्बर प्रदेश सरकारले आर्थिक वर्षको बजेटको ल्याउने तयारीमा जुटेको छ । ५० अर्बको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका छन् ।
चालु आर्थिक वर्षका लागि बजेट खर्च गर्न नसकेर पिरोलोमा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा छ ।
आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेपनि यस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा लामो समयदेखि सचिव नभएका कारण धेरै काममा समस्या परेकोले आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले काम गर्न समस्या भएको बताए ।
प्रदेशको राजस्व संकलन महत्वपूर्ण हिस्सा मानिएको ढुंगा, गिटी र बालुवाको सबै कर स्थानीय तहले मात्र लिने भनेर संघीय सरकारले निर्णय गरेपछि आर्थिक स्रोत घट्ने बताइएको छ । राजस्व संकलनको दायरा बढाएर प्रदेश सरकारको आर्थिक स्रोत वृद्धि गर्ने तयारीमा प्रदेश सरकार लागेको मन्त्री ढुंगेलले बताए ।

 तामसालिङ खबर
तामसालिङ खबर




