गौतमबुद्ध विमानस्थलबाट असोजदेखि अन्तर्राष्ट्रिय उडान हुने

भैरहवा – भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग यसै बर्ष भित्र अन्तराष्ट्रिय उडान हुने भएको छ । रनवे तयार भएपछि आगामी भदौ – असोज सम्ममा विमानस्थल सञ्चालनमा आउने बताइएको छ ।
त्रिभुवन विमानस्थलमा प्राविधिक कारणले जहाज अवतरण गर्न नसके डाइभर्ट भएर भैरहवामा अवतरण गरिनेछ । अहिलेको धावनमार्गलाई ट्याक्सीवेमा रूपान्तरण गरिनेछ । यसै वर्षभित्र गौतमबुद्ध विमानस्थलबाटै सीधै अन्तर्राष्ट्रिय उडान भर्ने योजना छ ।
२०१७ मा सम्पन्न गर्ने लक्ष्य पूरा नभएपछि जुन २०१९ सम्मका लागि अवधि थपिएको थियो । यो आयोजना बनेपछि काठमाडौंको हवाई चाप घटेर जोखिम न्यूनीकरण हुने तथा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सीधा उडानमार्फत आउने पर्यटक बढ्ने अपेक्षा गरिएको छ । अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ ।