लालबन्दीमा सात दिने आचार बनाउने तालिम

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ११ स्थित बाहुनीमा सात दिने आचार बनाउने तालिम सुरु भएको छ । प्रदेश संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत सीप तथा आयआर्जन उपसमिति सर्लाही क्षेत्र नं. १ प्रदेश सभा ख को आयोजनामा सात दिने तालिमको उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य बेची लुङगेलीले यस हिरापुर बाहुनी क्षेत्र तरकारी उत्पादनका हिसाबले राम्रो मानिन्छ र त्यहाँका महिला दिदिबहिनीहरुलाई आयआर्जनमा टेवा पुराउने उद्येश्यले यस्तो कार्यक्रम गरिएको बताउनु भयो ।
महिला दिदीबहिनीको आर्थिक अवस्थालाई सुधार्ने उद्देश्यका साथ स्थानीय व्यवसायी टाक टुक नेपाल प्रा.लि.का सञ्चालक राज तामाङले उत्पादित गरेको अर्गानिक आचारलाई देश तथा विदेशमा निर्यात गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएकोमा खुशी हुँदै कार्यक्रमले दिदीबहिनीहरुको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सकोस भन्दै सफलताको शुभकामना समेत व्यक्त गरे ।
सात दिने तालिममा १५ जना महिलाको लागि मात्रै लक्ष्यित गरि आयोजना गरिएकोमा ४५ जना महिला दिदीबहिनीको उल्लेखनीय सहभागीता रहेकोले तालिमको प्रभावकारी रहने समेत आयोजकले बताएको छ।