रौतहटमा २४४ जना लिए, नागरिकता

तामसालिङ खबर
२६ बैशाख २०७६, बिहीबार ११:३९

रौतहट – गृह मन्त्रलयको सर्कुलर पछि रौतहटमा २४४ जनालाई जन्मका आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको नागरिकता वितरण गरेको छ । गृह मन्त्रालयले चैत १९ मा सर्कुलर जारी गरेपछि बुधबारसम्म उक्त संख्यामा वंशजको नागरिकता वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासान कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रशासन कार्यालय गरुडाबाट उक्त संख्यामा वंशजको नागरिकता वितरण भएको हो ।

मंगलबार सर्वोच्च अदालतले गृह मन्त्रालयको सर्कुलर कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएपछि उक्त कार्य रोकिएको प्रजिअ थापाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*