हरिहरपुरगढीमा तामाङ मातृभाषा प्रशिक्षक प्रशिक्षण तालिम
हरिहरपुरगढी – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्तरीय तामाङ मातृभाषा प्रशिक्षक प्रशिक्षण तालिमको क्यानेश्वरमा उद्घाटन गरिएको छ । तामाङ मातृभाषा प्रशिक्षक प्रशिक्षण समितिको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको सहयोगमा सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष कार्साङ लामाले नेपालको संविधानमा उल्लेखित बहुभाषिक बहुसाँस्कृतिक प्रणाली अन्तर्गतको नियममा टेकेर कार्यक्रमलाई सहयोग गरिएको बताउनु भयो। आफ्नो गाउँपालिकामा विभिन्न जात जातिको बसोबास रहेकोमा बाहुल्यताको हिसाबले ६८% तामाङ रहेको हुँदा प्राथमिक तह सम्म मातृभाषाको पढाइलाई प्रभावकारी बनाउन सकिने बताइएको छ ।
गाउँपालिका भरिका भाषा, धर्म र संस्कृति संरक्षण र सम्बर्द्धन गर्नलाई आ-आफ्नो समुदायनै लाग्नु पर्ने र लाग्नमा आग्रह समेत गर्नु भयो । पछिल्लो पुस्ताले आफ्नो भाषालाई बिर्सदै गएको अवस्थामा यस्ता कार्यक्रम उपलब्धि मुलक र प्रभावकारी रहने बताउनु भयो।
बुधबारबाट सुरु भएको तालिम जेष्ठ ८ गते सम्म सञ्चालन हुने बताइएको छ । गाउँपालिका भरिका सामुदायिक विद्यालयहरुमा तामाङ मातृभाषाको पढाइ यसै शैक्षिक सत्रबाट लागु गरिसकेको गाउँपालिकाको अध्यक्ष लामाले बताए ।

पहिलो चरणको तालिम भएकोले शिक्षण सिकाइलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र अन्य कक्षाका पाठ्यक्रम पाठ्यपुस्तक निर्माण कार्यको लागि अन्तरक्रिया समेत गरिने गाउँपालिका घेदुङ अध्यक्ष तथा कार्यक्रम संयोजक नीर बहादुर मोक्तानले बताए ।






