हरिवनमा ४० लाखको लगानीमा पाडा फार्म संचालनमा

राजु तामाङ
३० बैशाख २०७६, सोमबार १०:२६

हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ४ स्थित सासापुरमा ४० लाखको लागतमा पाडा फार्म संचालनमा ल्याएको छ । स्थानीय प्रकाश तामाङले आफ्नो पैत्रिक सम्पति ६ कठ्ठा जग्गा र भाडामा लिएको ३० कठ्ठा जग्गामा तीनघरे पाडा फार्मको नामबाट पशु व्यवसाय सुरुवात गरेका छन ।

कृषि पेशालाई समेत टेवा पुग्ने तरिकाले छोटो समयमा राम्रो आम्दानी लिन सकिने र समय र मेहेनत लगानी गर्न सके विदेशको जस्तो आम्दानी स्वदेशमा पनि लिन सकिने पशु ब्यबसायी तामाङले बताए । हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंको प्रमुख आतिथ्यतामा पाडा फार्मको उद्घाटन गरेका छन् ।

पछिल्लो समय युवाहरु वैदेशिक रोजगारी तर्फ आकर्षित भैरहेका बेला तामाङ्ले आफ्नो गाउँ ठाउँको विकास र आर्थिक सम्वृद्धीको बाटोमा उधम व्यवसाय मार्फत समाज रुपान्तरण र कृषि पेसाको समेत जगेर्नाको काममा लागेको प्रती नगर प्रमुख प्रसाईंले प्रशंसा गर्नु हुँदै उनी जस्तै अन्य युवाहरु पनि अब वैदेशिक रोजगारीमा नभै आफ्नै देशको कृषि क्रान्तीमा लाग्नुपर्ने बताए ।

उद्घाटन कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष अर्जुन महतो, ६ का प्रल्हाद बुढाथोकी, अखिल नेपाल किशान संघका केन्द्रीय नेता राजकुमार उप्रेती, सामाजिक अभियन्ता एवम नेकपाका नेताद्वय चुडामणि वाग्ले, बिदुर प्याकुरेल, पशुचिकित्सक रामप्रसाद घिमिरे, वडा नम्बर ४ की वडा सदस्य लिलि घिसिङ, महिला नेतृ संचिता घिमिरे, पद्मा मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*