उपत्यकामा ट्राफिक नियम परिवर्तन: मोटरसाइकलको पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने

तामसालिङ खबर
६ जेष्ठ २०७६, सोमबार ०५:५०

काठमाडौं – यदि तपाई मोटरसाइकलमा काठमाण्डौ जादै हुनु हुन्छ, जादै हुनु हुन्छ भने मोटरसाइकलको पछाडी बस्नेले पनि हेल्मेट अनिबार्य लगाउनु पर्ने नियम ट्राफिक प्रहरीले गराएको छ ।

महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्न लागेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर सवारी दुर्घटना न्यूनिकरणका लागि मोटरसाइकलको पछाडी बस्नेले पनि हेलमेट लगाउनु पर्ने व्यवस्था लागू गर्न लागिएको जानकारी दिए ।

ट्राफिक प्रहरीले पछिल्लो समय दुई पांग्रे सवारीका कारण दुर्घटनाको हुने क्रम बढेकाले नयाँ सवारी ऐनमा यस्तो प्रावधान राख्न लागिएको जनाएको छ । हेलमेटको पनि गुणस्तर निर्धारण गरिएको छ । आईएसओ मान्यता प्राप्त हेलमेट मात्र प्रयोग गर्न पाईने व्यवस्था गर्न लागिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*