तिन नम्बर प्रदेशको बिकासमा स्वयमसेवक परिचालन

तामसालिङ खबर
८ जेष्ठ २०७६, बुधबार ०६:३०

हेटौडा – तिन नम्बर प्रदेशको जनतालाई सरकारको महशुस गराउनका लागि प्रदेश सरकारले विकास स्वयमसेवक परिचालन गरेको छ । विकासको बिभिन्न क्षेत्रमा भैरहेको जनशक्तिको अभाब पूर्तिका लागि प्रदेश ३ सरकारले १३ वटै जिल्लामा स्वयमसेवक परिचालन गरेको हो ।

सामाजिक विकास मन्त्रालय मातहत रहने गरी सरकारले बिभिन्न ११ वटा क्षेत्रमा आबद्ध रहेका युवाहरुलाई सबै सम्बन्धित जिल्लाको समन्वय समितिसँगको सहकार्यमा काम गर्ने गरी परिचालन गरेको हो ।

मन्त्रालयको गाउँमा सरकार भएको महशुस दिलाउनका लागि जनतासँग सहकार्य गर्दै विकासका काममा सहयोग पुर्‍याउने उद्देश्यले युवा स्वयमसेवक परिचालन गरिएको जनाएको छ ।

सरकारले माबि शिक्षक, अनमी, हेल्थ असिस्टेन्ट, फार्मेसी सहायक, बायोटेक्निकल, खेलकुद प्रशिक्षक, कृषि र पशुका प्राविधिकसहित प्रदेश ३ सरकारको महत्वपूर्ण कार्य सहयोगापेक्षी मानब मुक्त र बालविवाहमुक्त प्रदेश घोषणाको लागि सहजकर्ता परिचालन गरेको हो ।

सरकारले स्वयमसेवक कार्यका लागि १९७ जना जनशक्ति माग गरेकोमा छनौंटमा परेका ११५ जनालाई सोमबारबाट जिल्ला जिल्लामा गएर काम गर्ने गरी परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुले जिल्लामा रहेर २ वर्ष स्वयमसेवकको भूमिका निर्वाह गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*