चट्याङ लागेर मकवानपुरको कैलाशमा एक बृद्धाको मृत्यु
हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउपालिकामा चट्याङ लागेर एक जना बृद्धाले ज्यान गुमाएकी छिन् । वुधबार साँझ परेको चट्याङले लागेर मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा चट्याङले लागेर ६५ वर्षीया साइलीमाया घलानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै, सो ठाउँकी २ जना घाइते भएको छ । घाइते हुनेमा ३९ वर्षीया बिनामाया मोक्तान र ७० वर्षीया डोल्मा बल रहेको प्रहरीले जनाइएको छ ।






