यकिना अगाधको कथा संग्रह ‘छार म्राप’ विमोचन हुने
काठमाडौ – प्रगतिशील लेखक यकिना अगाधको तामाङ भाषाको कथा संग्रह ‘छार म्राप’ शनिबार बिमोचन हुनेभएको छ । कार्यक्रम नेपाल तामाङ घेदुङको संघीय कार्यालयको सभाहल चुच्चेपाटी काठमाडौंमा हुने प्रकाशन संस्था थेबा बुक्स एण्ड स्टेशनरीले जनाएको छ ।
लेखक अगाध लामो समय देखि साहित्यिक क्षेत्रमा क्रियाशील छन् । तामाङ भाषामा प्रगतिशील साहित्यलाई संस्थागत रुपमा विकास गर्न उनैले पहल गरेका थिए । कार्यक्रममा उपस्थितिको लागि साहित्यप्रेमीहरुलाइ अनुरोध गरेको छ ।







