भरतपुर गोन्द्राङको ढाट भण्डारामा सारिदै
चितवन – भरतपुरको गोन्द्राङमा रहेको सडक वोर्डको दस्तुर उठाउने ढाट भण्डारा सारिने भएको छ । त्यसका लागि प्रक्रिया सुरु भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा सर्वपक्षिय वैठकपछि उपयुक्त स्थानमा ढाट नभएकाले सार्ने सहमती भएको थियो ।
सोही सहमती अनुसार सम्वन्धित निकायमा प्रकृया अगाडि वढाएकाले सार्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले जानकारी दिनु भयो । सहमती अनुसार राप्ती नगरपालिकाको भण्डारा नजिकैको राजमार्गमा राख्ने भएको छ ।
ढाटले पूर्वी चितवनका स्थानीयलाई सवै भन्दा धेरै असर गरेकाले स्थानान्तरण नहुदासम्म शुल्क लिन नपाइने आफूले माग राखेको नेकपाका जिल्ला अध्यक्ष यमवहादुर परियारले जानकारी दिनु भयो । भरतपुर आउदा जाँदा ढाटमा रहेका कर्मचारीले शुल्क लिने गर्दा स्थानीयलाई धेरै समस्या भएको गुनासो आफूले धेरै पटक सुनेको उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारीलाई जनताको मागलाई ध्यान दिएर तत्काल नसर्दासम्म शुल्क नलिनको लागि अनुरोध गरेको बताए । स्थानीयले गरेको मागलाई अटेर गरेको भन्दै जेठ ३ गते कर संकलन गर्ने वुथमा आगजनीको प्रयास भएको थियो ।






